• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

चालु आर्थिक वर्षको पाँच महिनामा २० प्रतिशतले आयात घट्यो 

  • Ramesh Karki
  • December 26, 2022
चालु आर्थिक वर्षको पाँच महिनामा २० प्रतिशतले आयात घट्यो 

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आयात २० प्रतिशतले घटेको छ । 

आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरेको छ भने गत वर्षको सोही अवधिमा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । 

गत वर्षको तुलनामा यो वर्ष २० दशमलव ७१ प्रतिशतले आयात घटेको हो । यस्तै भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा ३४ दशमलब.६१ प्रतिशतले निर्यात घटेको छ । गत वर्ष नेपालले पाँच महिनाको अवधिमा १ खर्ब २ अर्ब ९२ करोड ५ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । 

सोही अवधिमा यो वर्ष नेपालबाट ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । यो अवधिमा नेपालले जम्मा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । 

गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको भन्सार विभागका सुचना अधिकारी पुन्य विक्रम खड्काले सीआईएनसँग बताउनुभयो । भन्सार विभागका अनुसार पाँच महिनाको अवधिमा नेपालले करिब ६ खर्बको व्यापार घाटा व्यहोरेको छ ।
 

Comments