• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

अभियुक्त दुई सांसदले सांसद हैसियतमा काम गर्न नपाउने 

  • OVN
  • December 26, 2022
अभियुक्त दुई सांसदले सांसद हैसियतमा काम गर्न नपाउने 

काठमाडौं । कांग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो कोइरीले सांसद हैसियतमा काम गर्न नपाउनुहुने भएको छ । 

नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै सांसदलाई सांसद हैसियतको काम कारवाहीमा सहभागी नगराउन सङ्घीय संसदलाई पत्र पठाएका थिए ।

संघीय संसद सचिवालयका प्रबक्ता रोजनाथ पाण्डेले पत्र आएको जानकारी गराउँदै अब उहाँहरुलाई कुनै पनि जिम्मेवारी नदिइन बताउनुभयो । 

उहाँहरुविरुद्ध लागेको मुद्धा किनारा नलाग्दासम्म सांसद बापतको सेवासुविधा समेत नदिईने पाण्डेले बताउनुभयो । 

यसबारे सम्बन्धित दलको कार्यालयलाई पनि जानकारी दिईने उहाँले बताउनुभयो । सांसद गुरुङविरुद्ध भष्टाचारको आरोपमा  विशेष अदालतमा मुद्धा चलिरहेको छ भने महतो विरुद्ध शसस्त्र प्रहरीका असई थमन बिकको हत्या अभियोग लागेको छ ।  
 

Comments