• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

नेपालमा ४ प्रतिशत बालबालिका नियमित खोप लगाउनबाट वञ्चित

काठमाडौं । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएसएस) २०२२ को अध्ययनले नेपालमा ४ प्रतिशत बालबालिका नियमित खोप लगाउन छुटेको देखाएको छ । 

यो अघिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६  ले देखाएको नतिजाभन्दा ३ प्रतिशतले बढेको हो । सरकारले बर्सेनि एक वर्ष मुनिका करिब ५ लाख ३८ हजार बालबालिकालाई नियमित खोप लगाउने गरेको छ । जसमध्ये करिब २१ हजार ५२० बालबालिका छुटेको प्रतिवेदनले देखाएको छ ।  

खोप लगाउन छुटेका चार प्रतिशत बालबालिकालाई खोज्न विद्यालयस्तरमा कार्यक्रम लैजाने तयारी गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले बताउनुभयो ।  सन् १९९६ मा २० प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाउँदैन थिए । 

... Read More