• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी 

  • OVN
  • December 26, 2022
सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी 

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको शपथ लिएसँगै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्नुहुने भएको छ । 

सरकारमा सात दलको समर्थन छ भने तीनजना स्वतन्त्र सांसदले पनि प्रधानमन्त्रीका लागि प्रचण्डलाई समर्थन गरेका छन् । 

नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायतका दलबाट एकएक जना सहभागी गराएर मन्त्रिपरिषद् गठन गर्ने सहमति भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । 

उहाँका अनुसार एमालेबाट कसलाई मन्त्रीमा पठाउने भन्ने बारेमा छलफल चलिरहेको भए पनि निर्णय हुन बाँकी छ । एमाले सचिव पद्मा अर्यालले कसको नेतृत्वमा सरकारमा जाने भन्ने बारेमा पार्टीमा छलफल भइरहेको बताउनुभयो । 
 

Comments