• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

यही पुस १५ गतेदेखि भन्सार घोषणा नगरिएका मोबाइल फोन सेट नचल्ने 

  • OVN
  • December 25, 2022
यही पुस १५ गतेदेखि भन्सार घोषणा नगरिएका मोबाइल फोन सेट नचल्ने 

काठमाडौं । यही पुस १५ गतेदेखि भन्सार घोषणा नगरिएका मोबाइल फोन सेट नचल्ने भएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणले हिजो एक सूचना जारी गर्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एम.डी.एम.एस) पूर्ण कार्यान्वयनमा ल्याउने र उक्त प्रणालीमा नजोडिएका मोबाइल सेट नचल्ने बताएको हो । 

विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका मोबाईल सेट भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले अनुरोध गरेको छ । 

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्राले नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट पौष १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने बताउनुभयो । 

मोबाइल आयातकर्ता÷बिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न समेत जानकारी गराइएको  छ ।
 

Comments