उखुको समर्थन मूल्य नतोक्दा किसान समस्यामा
सर्लाही । सरकारले समयमै उखुको समर्थन मूल्य नतोक्दा उखु किसानमा समस्यामा परेका छन् । चिनी मिल सञ्चालन हुन थालेपछि किसानले मिललाई उधारोमै उखु बुझाइरहेका छन् ।
बेलैमा मूल्य नतोकिने, मूल्य तोक्दा पनि चिनीको बढ्दो भाउ अनुसार उखुको मूल्य नपाइने र उखु बेचेपछि चिनी मिल तथा सरकारसँग पैसा लिन आन्दोलन नै गर्नुपर्ने बाध्यताले किसान हैरान छन् । मंसिर पहिलो सातातिरै चल्ने तराईका चिनी मिलले पुस लागेपछि बल्ल उखु क्रसिङ थालेका छन् ।
सरकारले उखुको समर्थन मूल्य तोक्न ढिलाई गरेका कारण उखू क्रसिङमा पनि ढिलाई भएको हो । केही वर्षदेखि उखु खेति घटेसँगै चिनी मिलहरु ढिलो सञ्चालन र छिटै बन्द हुन्छन् ।... Read More
