म्याग्दीका जनप्रतिनिधिहरू चौतारी मर्मतमा जुट्दै
म्याग्दी । दोस्रो कार्यकालका लागि निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू विकास निर्माणमा जुट्न थालेका छन् । तर म्याग्दीका जनप्रतिनिधिहरू चौतारी मर्मतमा जुटेका छन् ।
म्याग्दीको सदरमुकाम बेनी बजार क्षेत्रभित्र रहेका करिब १७ वटा चौतारीको मर्मत सम्भार गर्ने योजना जनप्रतिनिधिले अघि बढाएका छन् । गाउँबाट बजार झरेका सर्वसाधारणहरूले भारी बिसाउने र बटुवाले थकान मेटाउनका लागि पुण्य र धर्मको लागि परम्परागत रुपमा बनाइएका चौतारीहरू संरक्षणको अभावमा जिर्ण अवस्थामा पुगेका थिए ।
पुराना चौतारी तथा पोखरी, सभ्यता भएकाले बजार क्षेत्र भित्रैका चौतारीहरू मर्मत गर्न लागको बेनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो । एक वर्षको अवधिमा चार वटा चौतारीहरूको संरक्षण... Read More
