• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

आगामी फागुनभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन : आयोग 

५ पुस २०७९ काठमाडौं । निर्वाचन आयोगले आगामी फागुनभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने जनाएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस बारेमा जानकारी दिनुभएको हो । निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ऐन बनाउन मस्यौदा तयार गरिएको उहाँको भनाइ छ । अबको संसद बैठकमा ऐन बनाउने काम हुने थपलियाले उल्लेख गर्नुभयो ।

उहाँले यस वर्ष भएको ३ तहको निर्वाचनमा महिला सहभागिता अन्तर्गत स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश तहमा ३६ प्रतिशत र प्रतिनिधि सभामा  ३३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भए पनि सो संख्या पर्याप्त नभएको  धारणा राख्नुभयो । 
 

Read More