• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

आज दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

  • OVN
  • December 26, 2022
आज दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । आज दोस्रो ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । 

विसं. २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । 

यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी दिवस मनाउन लागिएको हो ।

Comments