• DoIB Registration No. 2369/077-78
Sunday, 26 Oct 2025

समाचार

प्रा डा आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार

काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेवापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’  प्रा डा जयराज आचार्यलाई प्रदान गर्ने भएको छ ।

यसैगरी ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार, २०८०’ लामो समयदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु-याउँदै आउनुभएका चेतनाथ धमलालाई प्रदान गरिने भएको छ । युगकवि श्रेष्ठ निरङ्कुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोगेका एक निर्भिक सर्जकका रूपमा प्रसिद्ध हुनुहुन्छ । 

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठको एक सय १२औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले... Read More