• DoIB Registration No. 2369/077-78
Sunday, 05 May 2024

जिरी, घुम्न जाअैाँ फिरिरी

  • OVN
  • August 06, 2023
जिरी, घुम्न जाअैाँ फिरिरी

दोलखा । दोलखाको जिरीलाई अर्को स्विट्जरल्यान्ड भनेर चिनिन्छ । राजधानीबाट करिब दुई सय किलोमिटरमा रहेको जिरी साँच्चै नै केही फरक देखिन्छ । यहाँको भू–बोट स्विट्जरल्यान्डको जस्तै देखिने भएकाले त्यहाँको सरकारले लामो समयदेखि यसस्थाको विकासमा सहयोग गर्दै आएको छ।

जिरी नगरपालिका बाग्मती प्रदेशको दोलखामा पर्छ। समुद्र सतहबाट १,६४९ मिटरदेखि ५,३४१ मिटरसम्म फैलिएको जिरी नगरपालिका  भौगोलिक विविधताले भरिपूर्ण छ। २११.२५ वर्ग किलोमिटरमा फैलिएको नगरपालिका पर्यटकीय तथा व्यापारिक केन्द्रका रुपमा परिचित छ।  

जिरी उपत्यका मनमोहक छ। मौसम अनुसार जिरीले आफ्नो रङ बदल्छ भन्दा फरक नर्पला। कुनै समय सगरमाथाको प्रवेशद्वारका रुपमा चर्चित थियो जिरी। पर्यटकीय नगरीका रुपमा समेत सुपरिचित थियो। सन् १९५३ मे महिनाको २९ तारिखका दिन एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरे। उनीहरू जिरीबाटै सगरमाथा ओहोर दोहोर गरेका थिए।

विभिन्न जातजाति तथा धार्मिक समुदायको बसोबास भएको जिरी नगरपालिकामा अन्य जातिका तुलनामा क्षेत्री, जिरेल तथा शेर्पाको संख्या बढी छ। कृषि तथा पशुपालन यहाँका बासिन्दाका मुख्य व्यवसाय। विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेकाले यहाँ सांस्कृतिक विविधता पाइन्छ।  

जिरीलाई आधार मानेर विभिन्न तीर्थस्थल तथा अन्य गन्तव्य घुम्न सकिन्छ। चिज र छुर्पीका लागि जिरी प्रख्यात छ। बजारबाट तीन घण्टा पदयात्रामा च्र्योदोङ चीज कारखाना पुगिन्छ। यहाँ वैशाखदेखि कात्तिकसम्म चिज बनाएको हेर्न पाइन्छ। बजारबाट ६ घण्टा पदयात्रामा च्योर्दोङ्ग (३,६९० मिटर) डाँडामा पुगिन्छ।  

जिरीबाट कोसेलीको रुपमा चौरीको चिज, नौनी, छुर्पी, पदमचालबाट बनेको रक्सी, गुन्द्रुक, किबी, अर्गानिक पिठो र मूलाका परिकार ल्याउन पाइन्छ। गाबिला होटलमा पनि यी सामान किन्ने सुविधा छ।  

 

 

Comments