काठमाडौ, रोयल एन्फिल्डको आधिकारिक बितरक अल्फा अटोमोटिभले चित्लाङ्ग राइड ( Winter Hill Ride) गराएको छ।
सनिबार बिहान ९ बजे सुरु भएको राइडमा ५४ रोएल एन्फिल्ड मोटरसाइकलमा ६५ जनाको सहभागिता रहेकोे थियो ।
अल्फा अटोमोटिभको सोरुम नक्सालबाट सुरु भएका राइड शोरुमदेखि दरबार मार्ग, शहीदगेट, त्रिपुरेश्वर, कालीमाटी, सोल्टिमोड, कंलकी चन्द्रागिरि हुँदै चित्लाङ्ग पुगेको थियो ।
आन्तरिक पर्यटन प्रवद्र्धनका साथै रोड सेफ्टी अवेर्नेस, प्रमोटिङ सिस्टमेटिक राइड गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।