• DoIB Registration No. 2369/077-78
Sunday, 05 May 2024

राइड फर म्यान्स हेल्थ: काठमाडौंदेखि नगरकोट मोटर साइकल र्‍याली (भिडिओ)

  • Ramesh Karki
  • November 22, 2023

काठमाडौं । काठमाडौंदेखि नगरकोटसम्मको मोटर साइकल याली सम्पन्न भएको छ । क्यान्सरसम्बन्धी जनचेतना जगाउन उक्त र्‍याली आयोजना गरिएको हो ।

राइड फर म्यान्स हेल्थनाम दिइएको उक्त राइडको मुख्य उद्देश्य पुरुष स्वाथ्यको जनचेतना राइड भएको राइडका क्यप्टेन प्रमोद श्रेष्ठ (गुफी)ले जानकारी दिनुभयो। राइडमार्फत विषेशगरी पुरुषहरुको प्रोस्टेट क्यान्सर, डिप्रेसनलगायतका रोगहरुको खासै ध्यान नजाने भएकाले यस्ता समस्यासम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताउनु्भयो ।

राइडको आयोजना राउन्ड टेवल नेपालले गरेको हो । कार्यक्रम काठमाडौं लेजेन्ड्सको सहकार्यमा भएको हो । ६३ देशमा रहेको गैरनाफामूलक संस्था राउन्ड टेवल नेपालले नेपालबाट पहिलो पटक क्यान्सरसम्वन्धी जनचेतनामूलक राइड शुरु गरेको हो । हरेक बर्ष यस्ता किसिमका कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

गत शनिबार काठमाडौंको वसन्तपुरबाट शुरु भएको र्‍याली नक्साल, दरबारमार्ग, पाटन, कोटेश्वर, ठिमी, भक्तपुरको पाँचतले हुँदै नगरकोटको क्लव हिमायल पुगेर प्रोस्टेट क्यान्सरसम्बन्धी जनचेतनासहितको कार्यक्रमका साथ सकिएको थियो । राइडमा १ सय बढी बिभिन्न ब्रान्डका मोटर साइकलको सहभागिता रहेको थियो ।

Comments