• DoIB Registration No. 2369/077-78
Sunday, 19 May 2024

समाचार

ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन

बलेवा । ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पु-याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ ।

सिकार आरक्षमा बँदेलको सङ्ख्या बढ्दो छ । वैधानिकरूपमा अनुमति लिएर बँदेलको सिकार गर्न पाइन्छ । तर पछिल्लो पाँच वर्षमा बँदेलको सिकार हुनसकेको छैन । आरक्षमा बँदेल सिकारीको रोजाइमा बँदेल परेन । नाउर, झारल, बँदेल, रतुवा र मृगको सिकार हुँदै आएको ढोरपाटनमा आर्थिक वर्ष २०७३/७४ पछि बँदेलको सिकार हुन नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो ।

ढोरपाटनमा हरेक वर्ष असोज–कात्तिक र फागुन–वैशाखयाममा... Read More