गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
गृहमन्त्री सुधन गुरूङले राजीनामा दिएका छन्।
सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँगको व्यवासायिक साझेदारी विवादमा परेपछि गुरूङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा घोषणा गरेका छन्। स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको उनले उल्लेख गरेका छन्।
'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,' उनले लेखेका छन्।
गुरूङले मन्त्री भएको एक महिना नबित्दै राजीनामा दिएका हुन्। उनले चैत १३ गते शपथ लिएका थिए।
उनले... Read More
