बारा–२ उपनिर्वाचन : जसपा अध्यक्ष यादवको फराकिलो अग्रता
बारा । बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउनुभएको छ ।
जसपा अध्यक्ष यादवले १० हजार एक सय ९९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले छ हजार आठ सय छ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ ।
यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार हजार ११ मतसहित तेस्रो स्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं... Read More
