प्रमुख दलका शीर्षनेता बैठक : संवैधानिक परिषद्सम्बन्धी विधेयक अगाडि बढाइने
काठमाडौं । प्रमुख तीन राजनीतिक दलका बीचमा संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई तत्काल नै प्रतिनिधिसभाबाट टुङ्गो लगाउने सहमति भएको छ ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक लामो समयसम्म अगाडि बढ्न नसक्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्तिमा अड्चन हुँदै आएको थियो । यस्तै, शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई विशेष समिति गठन गरेर निष्कर्षमा लैजाने सहमति भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको तीन दलका शीर्ष नेताको बैठकमा १५ सदस्यीय विशेष समिति गठन गरेर शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा लैजाने सहमति भएको नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।
मङ्गलबारबाटै सदनमा त्यससम्बन्धी प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । यस्तै,... Read More
