नेपालमा लाईफ इन्स्योरेन्स सम्बन्धमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ निराजन कंडेलसंग गरिएको बिषेश कुराकानी l
किन गर्ने जीवन बीमा?
बीमा भविष्यको सुरक्षाको साथी एवं लगानि पनि हो । बीमितले भविष्यमा आई पर्ने जोखिमको भार बीमा कम्पनी वा वीमकमा सार्नु नै बीमा गर्नु हो । हामी जो कोहि पनि भविष्यको बारेमा अनभिज्ञ हुन्छौँ । बीमा प्रक्रियामा विमितको जीवनमा पर्न सक्ने सम्भावित जोखिमलाई विमकले वहन गर्छ । भविष्यमा आई पर्न सक्ने जोखिमहरुसँग सामना गर्नका लागि बीमा गरिन्छ । मानविय जीवनमा जोखिमहरु धेरै हुन्छन् । बीमा जोखिम हस्तान्तरण गर्ने एक मुख्य उपाय पनि हो । बीमा विमित र विमका बीचमा हुने एक किसिमको कानुनि प्रावधान हो । यी दुई पक्ष बीच एक आपसमा सम्झौता भई बीमाको अन्य प्रक्रियाहरु अगाडि बढाईन्छ ।