काठमाडौं, ४ भदौ। सानोठिमीस्थित बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक सयभन्दा बढी कैदी भागेका छन्।
सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दिउँसो एक सयभन्दा बढी थुनुवा बालक भागेका थिए । विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ।
उनीहरूले सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै तोडफोड गरेका हुन्।
सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो। बलात्कार अभियोगमा दोषी ठहर भएका बस्नेत तीन वर्षदेखि सुधार गृहमा थिए।
Video Link