• DoIB Registration No. 2369/077-78
Monday, 27 Apr 2026

राइड फर म्यान्स हेल्थ:  काठमाडौंदेखि नगरकोट मोटरसम्म साइकल र्‍याली (भिडिओ)

  • Ramesh Karki
  • November 22, 2023

काठमाडौं । काठमाडौंदेखि नगरकोटसम्मको मोटर साइकल याली सम्पन्न भएको छ । क्यान्सरसम्बन्धी जनचेतना जगाउन उक्त र्‍याली आयोजना गरिएको हो ।

राइड फर म्यान्स हेल्थनाम दिइएको उक्त राइडको मुख्य उद्देश्य पुरुष स्वाथ्यको जनचेतना राइड भएको राइडका क्यप्टेन प्रमोद श्रेष्ठ (गुफी)ले जानकारी दिनुभयो । राइडमार्फत विषेशगरी पुरुषहरुको प्रोस्टेट क्यान्सर, डिप्रेसनलगायतका रोगहरुको खासै ध्यान नजाने भएकाले यस्ता समस्यासम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताउनु्भयो ।

राइडको आयोजना राउन्ड टेवल नेपालले गरेको हो । कार्यक्रम काठमाडौं लेजेन्ड्सको सहकार्यमा भएको हो । ६३ देशमा रहेको गैरनाफामूलक संस्था राउन्ड टेवल नेपालले नेपालबाट पहिलो पटक क्यान्सरसम्वन्धी जनचेतनामूलक राइड शुरु गरेको हो । हरेक बर्ष यस्ता किसिमका कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

गत शनिबार काठमाडौंको वसन्तपुरबाट शुरु भएको र्‍याली नक्साल, दरबारमार्ग, पाटन, कोटेश्वर, ठिमी, भक्तपुरको पाँचतले हुँदै नगरकोटको क्लव हिमायल पुगेर प्रोस्टेट क्यान्सरसम्बन्धी जनचेतनासहितको कार्यक्रमका साथ सकिएको थियो । राइडमा १ सय बढी बिभिन्न ब्रान्डका मोटर साइकलको सहभागिता रहेको थियो ।

Comments