राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि आज उपनिर्वाचन
काठमाडौं । राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुन लागेको हो । निर्वाचन आयोगले मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरेको छ ।
उपनिर्वाचनमा तीनजना उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्तारुढ दल नेकपा एमालेबाट कुमार दसौदी, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय र नेपाली काँग्रेसका तर्फबाट माधवप्रसाद आचार्य उम्मेदवार हुनुहुन्छ । एमालेका उम्मेदवार दसौदीलाई नागरिक उन्मुक्तिबाहेक सत्तारुढ दलको समर्थन छ ।
उपनिर्वाचनमा प्रदेश सभा सांसद, पालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । लुम्बिनी प्रदेश सभा सदस्य एक जनाको मतभार ४८... Read More
