• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

काँग्रेसको प्रतिपक्षी मान्यता खारेज गर्न माग गरिएको रिट दर्ता, भोलि पेशी हुँदै 

  • OVN
  • February 07, 2023
काँग्रेसको प्रतिपक्षी मान्यता खारेज गर्न माग गरिएको रिट दर्ता, भोलि पेशी हुँदै 

काठमाडौं । नेपाली काँग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ । 

शुरूमा अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दिएको आदेशबमोजिम आज दर्ता भएको हो । उक्त इजलासले अदालत प्रशासनले गरेको दरपीठसम्बन्धी निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

अधिवक्ता विमल पोखरेलले संसद् सचिवालय समेतलाई विपक्षी बनाई काँग्रेसलाई दिइएको प्रमुख प्रतिपक्षी दलको मान्यता खारेज गर्न माग गर्दै रिट दायर गर्नुभएको हो । 

काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले काँग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहन नसक्ने जिकिर रिटमा गरिएको छ । आदेशबमोजिम आज दर्ता भएको रिटको पेशी भोलीका लागि तोकिएको छ ।

Comments