• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

चिराइतोको भाउ बढेपछि ताप्लेजुङका किसान खुसी

  • OVN
  • February 07, 2023
चिराइतोको भाउ बढेपछि ताप्लेजुङका किसान खुसी

ताप्लेजुङ । बहुमूल्य जडिबुटी चिराइतोले यस वर्ष मूल्य पाएपछि ताप्लेजुङका किसान खुसी भएका छन् । 

कोरोनाका कारण नाका बन्द भएर तीन वर्षदेखि निर्यात हुन नसकेर घरमै थन्क्याएर राखेको चिराईतोको मूल्य बढेपछि किसान पनि खुसी भएका हुन् । ३ वर्षअघि ४० किलोको ५ हजार रूपैँया रहेको चिराईतोको भाउ अहिले ३० हजारसम्म पुगेको छ ।
 
चिराइतो भारतमा पनि निर्यात हुन थालेपछि केही आशा पलाएको व्यवसायी पुष्पराज बरालले बताउनुभयो । अन्य बालीलाई जङ्गली जनावरले क्षति गर्ने भए पनि चिराईतोको स्वाद तितो हुने भएकाले खासै असर देखिँदैन । 

त्यसैले किसानले चिराईतोबाट शतप्रतिशत उत्पादन लिन सक्छन् । चिराईतो रोपेको करिब साढे २ वर्ष अर्थात ३० महिनापछि उखेल्न मिल्ने चिराईतो किसान धनबहादुर लिम्बूले बताउनुभयो । चिराईतोको भाउ घट्न थालेकाले किसानले यसको खेती घटाएका थिए । तर अहिले भने चिराईतोको मूल्य बढेपछि खेति गर्ने किसानको सङ्ख्या फेरि बढ्ने देखिएको छ ।

चिराइतो समुद्री सतहदेखि १२०० देखि ३००० मिटर उचाईसम्मको भूभागमा, पारिलो घाम लाग्ने, छायाँ पर्ने र दक्षिण तर्फ फैलिएको मलिलो माटो भएको ठाउँमा यसको खेति गर्न सकिन्छ ।
 

Comments