• DoIB Registration No. 2369/077-78
Sunday, 26 Oct 2025

समाचार

काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू

आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ।

हनुमानढोकाअगाडि इन्द्रध्वजा सहितको लिंगो ठड्याएपछि सुरू हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ।

इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ।

भदौ २१ गते शनिबार इन्द्रजात्राको मुख्य दिन हो।

उक्त दिन राष्ट्र प्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ।

सरकारले उक्त... Read More