• DoIB Registration No. 2369/077-78
Tuesday, 17 Sep 2024

‘श्री मष्टो’का प्रस्तोता महेश राणा एक्जिटो एक्सिलेन्स अवार्डबाट सम्मानित

  • OVN
  • May 19, 2024
‘श्री मष्टो’का प्रस्तोता महेश राणा एक्जिटो एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘श्री मष्टो’का प्रस्तोता महेशशमशेर राणा एक्जिटो एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले राणालाई एक्जिटो एक्सलेन्स अवार्ड २०२४ बाट सम्मान गरेकी हुन् ।

विश्वभर छरिएर रहेका सम्पूर्ण सनातनी नेपालीमा आध्यात्मिक पुनर्जागरण गराउँदै आएकाले राणालाई सम्मान गरिएको जनाइएको छ ।

राणाले ३० वर्षदेखि राष्ट्रिय टेलिभिजन तथा अन्य मिडियामा प्रत्यक्ष रूपमा आबद्ध भएर आध्यात्मिक कार्यक्रम निर्माण, प्रकाशन एवं प्रसारण गर्दै आएका छन् ।

राणा श्री कालभैरव तन्त्र साधक, आध्यात्मिक पुस्तकहरूका लेखकसँगै सञ्चारकर्मी तथा अपराशक्तिसँग सम्बन्धित टिभी कार्यक्रम श्री मष्टोका प्रस्तुतकर्ता हुन् ।

काठमाडौंको प्राचीन मौलिक तन्त्र परम्परालाई विभिन्न लौकिक तथा अलौकिक साधनाको माध्यमबाट जागृत गरेर त्यसबाट उत्पन्न हुने ऊर्जाको माध्यमबाट नेपाली समाजको सकारात्मक रूपान्तरणमा उनी लागिपरेका छन् ।

Comments