• DoIB Registration No. 2369/077-78
Friday, 27 Sep 2024

रोयल इनफिल्ड ‘वान राइड २०२४’ सम्पन्न

  • Ramesh Karki
  • September 23, 2024
रोयल इनफिल्ड ‘वान राइड २०२४’ सम्पन्न

काठमाडौं – रोयल इनफिल्डका मोटरसाइकल राइडरहरूले विश्वभर उत्सवको रुपमा मनाइने वान राइड २०२४ सम्पन्न भएको छ ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नक्सालस्थित शोरुमबाट प्रारम्भ गरेको सो राइड गोदावरी पुगेको हो । प्रत्येक वर्ष आयोजना गरिने वान राइडमा यसपटक विश्वका ५० भन्दा बढी देशका ५०० भन्दा बढी सहरमा ३० हजार भन्दा बढी राइडरहरुले एकै साथ राइड गरेका हुन् ।

आइतबार बिहान ८ बजे रोयल इनफिल्ड सोरुम नक्साल बाट सुरु भएर नक्साल, दरबारमार्ग, थापाथली, जावलाखेल, लगनखेल, सातदोबाटो हुँदै गोदावरी पुगेका हुन् ।  उक्त राइड कार्यक्रममा सहभागीहरूलाई सडक सुरक्षाका बारेमा जनचेतना दिइएको थियो ।

यसक्रममा गाेदावरीमा रहेकेा पथप्रदर्शक माविका विद्यार्थीहरूका लागि ५० हजार रुपैयाँ नगदसहित खेलकुदका सामग्री वितरण गरिएकाे थियाे ।

नेपालमा काठमाडौँ लगायत १७ मुख्य सहरहरू बिर्तामोड, धरान, इटहरी, राजविराज, जनकपुर, वीरगन्ज, हेटौडा, नारायणगढ, टाडी, भक्तपुर, पोखरा, भैरहवा, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढीबाट ४५० जनाभन्दा धेरै राइडरहरुले सहभागी जनाए ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । बिश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । बार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठुलो कार्यक्रम मानिन्छ ।

Comments