पातुखोलामा घडेरी बनाएर बेच्न खाजेपछि…
तुलसीपुर । दाङको तुलसीपुरस्थित पातुखोलामा ‘रिटेनिङ वाल’ बनाएर घडेरी बेच्न खोजेपछि तुलसीपुर उपमहानगरपालिकाले सो पर्खाल भत्काइदिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–८ र १० मा पर्ने पातुखोलामा ‘जग्गा दलाल’ले घडेरी बेच्नका लागि पर्खाल बनाउन लागेको थाहा पाएपछि उपमहानगरपालिकाका कर्यवाहक प्रमुख मानबहादुर रावतसहित तुलसीपुरका सबैजसो वडाध्यक्ष तथा कर्मचारी पुगेर भत्काएका हुन् ।
“त्यहाँ करिब ५० मिटरभन्दा बढीमा तटबन्ध गर्न लागिएको रहेछ, त्यो तटबन्ध पूरा गरेको भए करिब १० कठ्ठा जग्गा निकाल्न सकिन्थ्यो”, कार्यवाहक प्रमुख रावतले भन्नुभयो, “त्यो कुरा हामीले थाहा पाएपछि तटबन्ध भत्काएका छौँ ।”
दिउँसो त्यहाँ मजदुरले काम गरिरहेकै सन्दर्भमा उपमहानगरपालिकाको जेसिबी लिएर भत्काइएको हो । त्यहाँ पूर्वतर्फको वडा नं १० मा... Read More
