रास्वपाका उम्मेदवारलाई टिकट
१८ चैत २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्र्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा डा वाग्ले र बारा–२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गर्नुभयो ।
सो अवसरमा सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयो, “निर्वाचित भएर हामी तीन भाइसँगै सांसदका रुपमा उभिनेछाँै ।” सभापति लामिछानेले मुलुकको सेवा गर्न तयार क्षमतावान व्यक्तित्वहरू आफ्नो पार्टीबाट निर्वाचित हुने... Read More
