• DoIB Registration No. 2369/077-78
Friday, 25 Oct 2024

हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत

  • OVN
  • October 25, 2024

सातै महादेशका अग्ला हिमालको चुचुरोमा दुईपटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । 

सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्कनुभएका निर्मल पुर्जालाई बिभिन्न संघ संस्था लगाएत शुभेच्छुकले काठमाडौंमा भव्य स्वागत गरेका हुन् ।

पुर्जालाई त्रिभुवन बिमानस्थलबाट स्वागत र्याली सहित काठमाडौंको बौद्धमा पुराइएको थियो । बौद्धमा सञ्चारकर्मीसंग कुरा गर्दै हिमाल आरोही निर्मल पुर्जाले देशको नाम विश्वमा फैलाउन पाउँदा खुसी लागेको बताउनुभयो ।

उहाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा दुई पटक आरोहण गरेको र सातै महादेशका अग्ला हिमालको चुचुरोमा पनि पुग्ने आफु विश्वको पहिलो व्यक्ति हुन पाउदा गौरव महशुस भएको उहाले बताउनुभयो । 

उहाले रेकर्डका लागि भन्दा पनि देशको नाम उचो बनाउनका लागि हिमाल आरोहण गरेको जिकिर गर्नुभयो । पुर्जाले बर्षभर नै आफु बिभिन्न हिमालको आरोहणमा व्यस्त रहने बताउनुभयो । 

Comments