हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत
सातै महादेशका अग्ला हिमालको चुचुरोमा दुईपटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्कनुभएका निर्मल पुर्जालाई बिभिन्न संघ संस्था लगाएत शुभेच्छुकले काठमाडौंमा भव्य स्वागत गरेका हुन् ।
पुर्जालाई त्रिभुवन बिमानस्थलबाट स्वागत र्याली सहित काठमाडौंको बौद्धमा पुराइएको थियो । बौद्धमा सञ्चारकर्मीसंग कुरा गर्दै हिमाल आरोही निर्मल पुर्जाले देशको नाम विश्वमा फैलाउन पाउँदा खुसी लागेको बताउनुभयो ।
उहाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा दुई पटक आरोहण गरेको र सातै महादेशका अग्ला हिमालको चुचुरोमा पनि पुग्ने... Read More
