• DoIB Registration No. 2369/077-78
Tuesday, 10 Feb 2026

दिपक मनाङ्गे पक्राउ

  • OVN
  • November 12, 2024

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ । 

मनाङेलाई नार्गाजुन नगरपालीका–२ सानोभर्याङबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

२०६१ बैशाख ३१ गते काठमाडौंमा चक्रे मिलन भन्न मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरि ज्यान मार्ने उद्योग गरेको मुद्दामा मनाङ्ेलाई उच्च अदालत पाटनले ५ बर्ष कैद तोकेको थियो । उक्त फैसलालाई यहि कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।

पक्राउ गरेपछि प्रहरीले मनाङेलाई जिल्ला अदालत काठमाडौंमा हाजिर गराएको थियो । 

Comments