• DoIB Registration No. 2369/077-78
Monday, 19 Jan 2026

पुरूष तथा महिला भलिबल प्रतियोगिता २०८१ सम्पन्न (भिडिओ)

  • OVN
  • November 01, 2024

रामेछाप - ग्रामीण सेवा युवा परिषद गोकुल गंगा रस्नालुद्वारा संचालित पुरूष तथा महिला भलिबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ।

प्रतियोगिता समापनका अवसरमा बुधबार गोकुल गंगा मा.बि मा आयोजित कार्यक्रममा मुख्य अतिथि गोकुल गंगा गाउँ पालिका वडा नं. ३ का वडा अध्यक्ष निरविक्रम कार्की र मुख्य अतिथि नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

ग्रामीण सेवा युवा परिषद गोकुल गंगा रस्नालुद्वारा कार्तिक १२, १३ र १४ गते सम्म आयोजित पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि भीमेश्वर युवा क्लबले जितेको छ। बुधबार भएको फाइनल खेलमा भीमेश्वर युवा क्लबले साबिक ४ साबिक रस्नालु गा.बि.स.) लाई हराउँदै उपाधि हात पारेको हो। प्रतियोगिताको विजेता भीमेश्वर युवा क्लबले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र र साबिक ४ साबिक रस्नालु गा.बि.स.) उपविजेताले नगद १५ हजार रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो। यसैगरी तेस्रो साबिक २ ले नगद १० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यसै गरी महिला तर्फ गोकुल गंगा मा.बि. बिजेता भएको छ । बिजेता गोकुल गंगा मा. बिले नगद १० हजार रुपैया शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो। उप विजेता बुर्के समुदायक बनले नगद ६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो। तेस्रो गोकुल गंगा मा.बि.(ए) नगद ४ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

Comments