• DoIB Registration No. 2369/077-78
Tuesday, 25 Mar 2025

पोखराबाट रवि लामिछानेलाई भैरहवा लगिँदै (भिडिओ)

  • OVN
  • November 12, 2024

रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवामा लगिएको छ । 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा पुराइएको हो ।

लामिछानेलाई भैरहवा ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

भैरहवा बिमानस्थलबाट लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको छ ।

विमानस्थल गेट बाहिर रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् । 

Comments