• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद्को विस्तार गर्नुभएको हो ।

आज विस्तारित मन्त्रिमण्डलअनुसार  राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभयो । 

त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास,... Read More