• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

प्रकृतिसँग रमाउन सिद्धबाबाधाम

रामपुर (पाल्पा)- कालीगण्डकीको किनारमा फराकिलो चउरसँगै जोडिएको रमणीय सिद्धबाबाधामले धेरैको मन तान्ने गर्छ । 
       
रामपुर नगरपालिका–८ भुजातमा अवस्थित सिद्धबाबाधाम क्षेत्र राम्रो पर्यटकीय गन्तव्यस्थल बनेको छ । यहाँ कालीगण्डकीको चिसो हावाको मज्जा लिँदै तस्बिर खिच्ने र टिकटक बनाउने बढ्दैछन् । 
       
महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउनुहुन्छ । विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्ने गर्छन् । 
       
पर्यटकलाई लक्षित गरी विभिन्न भौतिक पूर्वाधार थप गर्दै पर्यटकीय संरचना बनाउने काम थालिएको... Read More