• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

सिन्धुपाल्चोकमा दुई परकम्प

  • OVN
  • October 18, 2021
सिन्धुपाल्चोकमा दुई परकम्प

काठमाडौँ- सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुई वटा परकम्प गएको छ ।

 आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । 
यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ं.३ रेक्टर स्केलको परकम्प गएको थियो।
-रासस
 

Comments