• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

कीर्तिमानी पर्वतारोही पुर्जा तेस्रो पटक धौलागिरिमा

  • OVN
  • October 08, 2021
कीर्तिमानी पर्वतारोही पुर्जा तेस्रो पटक धौलागिरिमा

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएको पर्वतारोही निर्मल पुर्जाले तेस्रो पटक धौलागिरि हिमाल सफल आरोहण गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना निवासी सेवानिवृत बेलायती सैनिकसमेत रहनुभएका उहाँले आज बिहान उक्त हिमाल आरोहण गर्नुभएको हो । 

प्रतिकूल मौसममा पनि आरोहण सफल भएको पुर्जाले सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको भिडियो सामग्रीमा हिमालको चुचुरोमा हावा चलेको र हिउँ उडेको देख्न सकिन्छ । “हाम्रो टोलीका सबैले आरोहण गरेका छन्, हामी शिखरबाट पनि सुरक्षितरुपमै फर्कन सक्छौँ भन्ने विश्वास छ”,  स्टाटसमा उल्लेख छ ।
 
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट विश्व कीर्तिमानीको अभियान सुरु गर्नुभएका उहाँले म्याग्दीमै रहेको सातौँ अग्लो धौलागिरि हिमालको ९८१६७ मि० आरोहण गर्ने पहिलो म्याग्देलीको किर्तिमानी कायम गर्नुभएको थियो । 

धौलागिरिमा बिना अक्सिजन आरोहण गर्नुभएका पुर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजङ्गा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथो अग्लो शिशापङ् ९८०२७ मि० हिमाल आरोहण गरी कीर्तिमानी कायम गर्नुभएको थियो । पुर्जाले आरोहण गर्नुभएका १४ अग्ला हिमालमध्ये आठवटा  नेपालमै पर्छ । आरोहणका क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभर चर्चा कमाउनुभएका उहाँका नाममा करिब आरोहणको क्षेत्रका आधादर्जन कीर्तिमानी छन् । 
-रासस
 

Comments