एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने
चितवन- नेकपा (एमाले)को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ ।
महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको जानकारी दिनुभयो । यसबाट तीन घण्टाभित्रमा नतिजा आउने छ । उहाँले भन्नुभयो, “मतदानपछि प्रिन्ट ग¥यो भने तीन घण्टा लाग्छ भनिएको छ । क्यू आर कोडबाट भयो भने त्यो भन्दा अघिनै नतिजा आउँछ । ”
विद्युतीय उपकरण जडान र व्यवस्थापनका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । सो पार्टीको केन्द्रीय समिति २२५ सदस्यीय... Read More
