• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाउँछु : पर्यटनमन्त्री आले

काठमाडौँ-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गतिशील र प्रभावकारी बनाउने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री आलेले निगमलाई सबल र प्रभावकारी ढङ्गले अघि बढाउने उद्देश्यले निगमको कार्यकारी अध्यक्ष पनि नियुक्त भइसकेकाले छिट्टै बोर्ड बैठक बसेर महत्वपूर्ण निर्यय लिइने बताउनुभयो । “आफ्नो (नेपाल एयरलाइन्सको) जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्ससँग सेटिङ गरेर रातारात करोडपती बनाउने त्यसपछि गएर निगमको भूमिस्त सेवा (ग्राउण्ड ह्याण्डलिङ) लाई निजी कम्पनीलाई दिनेजस्तो व्यक्तिगत स्वार्थको धन्दा यो मन्त्री प्रेम आलेले गर्दैन । म आएको ४५ घण्टा नबित्दै  निगममा... Read More