• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

एएफसी यू–२३ एसियन कप छनोट फुटबल : नेपाल इरानसँग पराजित

काठमाडौँ- एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय यू–२३ टोली इरानसँग पराजित भएको छ ।

ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रङ्गशालामा आज भएको खेलमा नेपाल इरानसँग ४–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुगेको हो । इरानका लागि खेलको ४७औँ मिनेटमा मेहदीले गोल गर्नुभएको थियो । 

त्यस्तै इरानका होसेनले खेलको ७७औँ र ७९औँ मिनेटमा गोल गर्दै ३–० गोलको अग्रता दिलाउनुभएको थियो । यासिनले इन्ज्युरी समयको चौंथो मिनेटमा गोल गर्दै इरानलाई चार शून्यको जित दिलाए । जितसँगै समूह ‘बी’ मा रहेको इरानले... Read More