• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

बजार अर्थतन्त्र

काटेर सुकाउन राखेको धान खेतमै उम्रियो : लागत खर्च नउठ्दा किसान निराश

कञ्चनपुर- लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन सुरु भएको छ । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् । 

लालझाडी गाउँपालिकाको कञ्जका किसान नन्दलाल राना खेतको धान बाली भित्र्याउन नपाउँदै उम्रिन थालेपछि निकै चिन्तित छन् । “लगातार चार दिनको वर्षाले खेतमा काटेर राखेको आधाभन्दा बढी धान बगाएर लग्यो”, उहाँले भन्नुभयो, “बग्नबाट बचेको धान उम्रिन सुरु भएको छ । केही धान बालासहित कुहिएको छ ।”

दुई बिघा खेतमा लगाएको धान वर्षाभरि खानका लागि... Read More