झिनियाँको माग थेग्नै गाह्रो
रामपुर (पाल्पा)- तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि रामपुरका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ ।
यहाँका घरेलु उद्यमीले तयार गर्ने झिनियाँ रोटीको माग पाल्पालगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको हो । झिनियाँको माग बढेपछि यहाँका घरेलु उद्यमी औँधी खुशी छन् । गत वर्ष कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण राम्रोसँग व्यापार व्यवसाय गर्न नपाएका यहाँका घरेलु उद्यमीलाई तिहारका समयमा झिनियाँको माग बढेपछि अहिले झिनियाँ बनाउन भ्याइनभ्याइ भएको हो ।
नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेपनि अन्य चाडबाडमा पनि यसको... Read More
