• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न समिति गठन 

काठमाडौं । निर्मला पन्त हत्या घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अधिकारीसहितको छानबिन समिति गठन भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । 

सिंह यसअघि प्रहरी उपरीक्षक हुँदा सोही घटनाको अनुसन्धानमा पनि खटिनुभएको थियो । समितिमा प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक पनि सहभागी छन् । 
 
गृहमन्त्री रवि लामिछानेले घटनाको अनुसन्धानलाई निष्कर्षमा पु-याउन पहल गर्ने प्रतिबद्धता कार्यभार सम्हालेकै दिन जनाउनुभएको थियो । २०७५ साल साउनमा बलात्कारपछि हत्या गरिएका १३ वर्षका निर्मलाको... Read More