• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

म्याचिङ प्रणाली सम्बन्धी कार्यविधिलाई कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

  • OVN
  • December 30, 2022
म्याचिङ प्रणाली सम्बन्धी कार्यविधिलाई कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको म्याचिङ प्रणाली सम्बन्धी कार्यविधि कार्यान्वन नगर्न भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

स्नातकोत्तर तहमा भर्ना हुने प्रक्रियामा रहेका विद्यार्थीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणाली सम्बन्धी कार्यविधि भर्ना लिने समयमा संसोधन गरिएकोले सो संसोधनमा बदनियत देखिएको विद्यार्थीहरुको रिटमा उल्लेख छ ।
 
उनीहरूले चिकित्सा शिक्षा आयोगले संसोधन गरेको म्याचिङ प्रणाली सम्बन्धी कार्यविधिलाई कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ । 

चिकित्सा शिक्षा स्वीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्वन्धी कार्यविधि २०७९ अनुसार विद्यार्थीहरूले अध्ययन गर्न चाहेको शिक्षण संस्था तथा विषयको प्राथमिकता निर्धारणको व्यवस्था छ । त्यसमा योग्यता सूचीका आधारमा विद्यार्थीहरुको छनौट गरिन्छ । 

बढी अङ्क ल्याउनेहरूले विषय र संस्था रोज्नका लागि पहिलो प्राथमिकता पाउँछन् । त्यसपछि क्रमश पछाडि नाम निस्केकाहरूको पालो आउँछ । तर, अहिले  संसोधन गरिएको भनिएको कार्यविधिमा अपग्रेड सिस्टम नहुने भनिएको छ । 
 

Comments