• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

नागरिकलाई राहदानी लिनै शास्ती

  • OVN
  • December 31, 2022
नागरिकलाई राहदानी लिनै शास्ती

काठमाडौं । राहदानी लिन चाहनेलाई सुविस्ता होस् भनेर राहदानी विभागले अनलाइनबाट फारम भर्न पाउने व्यवस्था गरे पनि सेवाग्राहीलाई अनलाइन प्रणालीले नै दुःख दिएको छ ।

अनलाइनमा फारमका लागि सीमित कोटा र समय तोकिएपछि सेवाग्राहीले अनलाइन फारम भर्न नसक्ने अवस्था देखिएको छ । जसका कारण सेवाग्रहाहीले फारम भर्नकै लागि बिचौलीयालाई सात हजार रुपैयाँसम्म तिर्न बाध्य भएका छन् । 

पासपोर्ट लिन राहदानी विभागमा दैनिक १० हजार भन्दा धेरै सेवाग्राही पुग्ने गरेका छन् । तर दिनमा दुई हजार जनाले मात्रै फारम भर्न मिल्ने कोटा छुट्याइँदा बाँकीले अर्को दिन कुर्नुपर्ने बाध्यता रहेको छ । तर बिचौलीयालाई पैसा बुझाएपछि भने तुरुन्तै काम हुने गरेको सेवाग्राहीको गुनासो छ । 

विभागले भने गुनासो नआएकाले केही गर्न नसकिएको बताएको छ । सेवाग्राहीले आफूलाई परेको समस्या बारे जानकारी गराएमा अतिरिक्त रकम लिनेविरुद्ध कारबाही गर्न सकिने विभागका प्रवक्ता दुरपदा सापकोटाले बताउनुभयो ।

Comments