पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै अपेक्षा पनि बढे
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै अपेक्षा पनि बढेका छन् ।
नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुनु राम्रो कुरा भए पनि सञ्चालनमा बेलैदेखि ध्यान दिन नसके ऋण लिएर बनाएको यो विमानस्थलले आर्थिक समस्या पनि निम्त्याउन सक्ने जोखिम देखिएको छ ।
करिब २७ अर्ब रुपैयाँ खर्चेर बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि चीनसँग २२ अर्ब रुपैयाँ ऋण लिइएको छ । २० वर्षभित्र तिरिसक्नुपर्ने ऋणको ७५ प्रतिशत अंशमा वार्षिक दुई प्रतिशत ब्याज लाग्छ ।
अर्थविद् रामेश्वर खनालले यो विमानस्थल प्रयोग गर्नेहरूको सङ्ख्या बढाउन थप लगानी गर्न सके राम्रै प्रतिफल दिन सक्ने बताउनुभयो । गएका ५७ वर्षमा... Read More
