• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गर्न अझै केही समय लाग्ने

  • OVN
  • January 03, 2023
जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गर्न अझै केही समय लाग्ने

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा औपचारिक रुपमा सार्वजनिक गर्न अझै केही समय लाग्ने भएको छ । 

गएको १३ गते नै अन्तिम नतिजा सार्वजनिक गर्ने लक्ष्य भए पनि प्राविधिक कारणले औपचारिक रुपमा सार्वजनिक गर्न ढिलाई भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आगामी माघ महिना भित्रमा तथ्याङ्क सार्वजनिक गर्ने तय भएको छ । कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले नतिजा अनुसार तथ्याङ्क प्रशोधनको काम ९९ प्रतिशत सकिएको बताउनुभयो । 

विभागले यसअघि भर्चुअल माध्यमबाट गएको माघमा जनगणना–२०७८ को प्रारम्भिक नतिजा भने सार्वजनिक गरिसकेको छ ।  
 

Comments