• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

  • OVN
  • January 03, 2023
स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

काठमाडौं । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो ।

उहाँले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ ।

Comments