• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

समाचार

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो ।

प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या दश लाख १५ हजार ३७ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

कैलालीमा सात लाख ३२ हजार सात सय ८९ जनाले पूर्ण मात्रा लगाएकामा तीन लाख ८६ हजार एक सय ८८ जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।... Read More