• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

समाचार

प्रतिनिधिसभाः समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रुकुम पूर्वमा भएको हत्याको घटना, सरकारको न्यूनतम साझा कार्यक्रम, स्ववियू निर्वाचन, समावेशी सिद्धान्त र सदनभित्रै  विभिन्न समयमा बोलिएका विषयमा सरकारका तर्फबाट  सम्बोधन हुुनपर्ने माग सांसदहरूले गरेका छन्  ।

बैठकको आकस्मिक समयमा भाग लिने सांसदहरूले श्रमिकको न्यूनतम पारिश्रमिक तोक्ने र सबै नागरिकलाई एक वर्षभित्रमै राष्ट्रिय परिचयपत्र वितरण गर्नेजस्ता कार्यक्रम किन हटाइएको भनी सरकारसँग प्रश्न गर्नुभयो ।

नेपाली कांग्रेसका कुसुमदेवी थापाले रुकुमपूर्वमा सिस्नो टिप्न गएका दुई बालिकाको  हत्या  गरिएको सम्बन्धमा गहन छानबिन गर्न र हत्यारा पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

उहाँले  दिगो विकास लक्ष्य कार्यक्रमअन्तर्गत मातृ मृत्युदर घटाउनका लागि  जनचेतना जगाउनुपर्नेमा   जोड... Read More