• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

समाचार

सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । 

कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उहाँले ती संरचना आफैँ हटाउन निर्देशन दिनुभएको हो ।

उहाँका अनुसार हटाउन निर्देशन दिएका प्रहरी बिटमा बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामङ्गल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट, चिकमङ्गलम, धोबीचौर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिट रहेका छन् ।

दूतावासलगायत विदेशी नियोगका सम्बन्धमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।... Read More